प्रदेश ५

वरियार पट्टी गाउँपालिकामा माओवादी केन्द्रको घरदैलो निरन्तर जारी

By Saru Sunar

May 02, 2022

सिराहा लहान  सिराहाको वरियारपट्टी गाउँपालिकामा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा अजय कुमार यादवले उम्मेदवारी दिए पछि समग्र पालिका माओवादी केन्द्र मै भएको छ। वैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनमा भाग लिन उनले मनोनयन दर्ता गराएका हुन्।विकास समृद्धि र रूपान्तरणका लागी वरियारपट्टी गाउँपालिकामा उम्मेदवारी दिएका हुन। नेता यादव जनकपुर स्थित रहेको राराब बहुमुखी क्याम्पसमा विद्यार्थी राजनीति गर्दै उनी विद्यार्थी राजनीति बाट सक्रिय हुँदै ऊनी माओवादी केन्द्रका मधेस प्रदेश कमिटीका प्रतिनिधिको जिम्मेवारी सम्हाल्दै आउने चुनावमा पालिका अध्यक्षको उम्मेदवारी दिएका हुन्। सिराहाको जिझौलमा बुवा रघुनाथ यादव र आमा राम रती यादवको कोखमा २०४३ /१/६ गते जन्मनु भएका अजय कुमार यादव अहिले पालिका स्वच्छ इमानदार बौद्धिक नेताको रूपमा निखारिएका व्यक्ति हामी पालिका भ्रष्टाचार उन्मुख पालिकार शिक्षा स्वास्थ्य कृषि र प्रत्येक वडा एक एम्बुलेन्स र प्रत्येक स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरको बेव्यवस्था मिलाउने र किसानहरूको हकमा राम्रो सिचाइको प्रबन्ध मिलाउने उनले प्रतिबद्ध हुनु भएको छ। हाल पालिका भरी नै उनलाई जिताउने अभियानमा युवाहरू लागेका हुन्।