कृष्ण नगर जनताको समर्थनका साथ चुनावी माहौलमा होमिए मेयर उम्मेदवार अकरम पठान



कपिलवस्तु जिल्लाको कृष्ण नगर नगरपालिका स्थानीय चुनावको चुनावी सरगर्मी निकै बढेको देखिन्छ ।सबै पार्टीका तथा स्वतन्त्र उम्मेदवार हरू चुनावमा आ आफ्नो एजेन्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छ। सोही क्रममा कृष्ण नगर नगरपालिकाको जनता समाजवादी पार्टी नेपाल कृष्ण नगर नगर प्रमुख पदका उम्मेदवार अकरम अब्दुल रहमान खान(अकरम पठान), उप प्रमुख पदकी उम्मेदवार आरती सिंह यादव , लगायत वडाध्यक्ष पदका तथा सदस्य पदका उम्मेदवार हरू कृष्ण नगर जनताको समर्थनका साथ चुनावी माहौलमा होमिएका छन् । जसपा निकट नेता पठानलाई प्रमुख बनाउन जनताको साथ र समर्थन रहँदै आएको उनी निकट नेताहरू बताउँदै आएका छन् ।
जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता समेत रहेका अकरम पठानले आफू चुनाव जित्छु भन्दै उम्मेदवारी दर्ता गराएका थिए। पठान छोटो समयमा निकै लोक लोकप्रिय बन्दै गएका हुन। आज भोलि जनता समाजवादी पार्टी नेपाल कृष्ण नगर नगर प्रमुख पदका उम्मेदवार अकरम अब्दुल रहमान खान , उप प्रमुख पदकी उम्मेदवार आरती सिंह यादव, लगायत वडाध्यक्ष पदका तथा सदस्य पदका उम्मेदवार हरू घर दैलो कार्यक्रमलाई तीव्रता दिएका बेला जनताहरू उत्साहित देखिएका छन् ।
निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ कृष्ण नगरमा जनता समाजवादी पार्टी नेपाल लाई लाई साथ र सहयोग गर्ने स्थानीयहरूमा उत्साह जागेको छ । मेयर पदका उम्मेदवार अकरम पठानले जनताले विजयी बनाए नगरपालिका को पूर्ण विकास गर्न आफू प्रतिबद्ध रहने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्