१ चैत/काठमाडौँ
नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेटजले अध्यागमन सुरक्षा सम्बन्धी विषयमा अमेरिका सरकार नेपाललाई सहयोग गर्न इच्छुक रहेको बताएकी छिन् ।
बिहीबार गृहमन्त्री रामबहादुर थापा बादलसँग शिष्टचार भेटवार्ता गर्दै उनले भनिन् अमेरिकी सरकारले नेपालमा अध्यागमन सुरक्षा सम्बन्धी विषयमा सहयोग गर्न चाहेको छ ।
उनले अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुु पर्ने समेत बताईन् ।
राजदूतले मानव तस्करी नियन्त्रण, भुटानी शरणार्थी, तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा पनि चासो राखेकी थिइन् ।
गृह मन्त्रालयमा भएको भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रीत रहेर छलफल भएको बताइएको छ ।
जवाफमा मन्त्री थापाले ती विषयहरुमा मन्त्रालयले अध्ययन गरिरहेको र अध्ययनको निष्कर्षको आधारमा भविष्यमा निर्णय लिइने बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।