मुख्य समाचार

राजपाले आज मधेशका जिल्लामा लाठी जुलुस प्रदर्शन गर्ने ।।

By थाहा अनलाइन

June 17, 2017

असार ३

राष्ट्रिय जनता पार्टी नेपालले आज तराई–मधेशका जिल्लाहरुमा लाठी जुलुस प्रदर्शन गर्दै छ । चुनाव बिथोल्ने गरि आन्दोलनको घोषणा गरेको राजपा नेपालले जिल्ला सदरमुकामहरुमा लाठी जुलुस प्रदर्शन गर्न लागेको हो । केन्द्रीय आन्दोलनको कार्यक्रम अनुसार आज दिउँसो सर्लाही सदरमुकाम मलंगवामा पनि लाठी जुलुस निकालिने राजपा नेपालका नेता प्रमोद शाहले जानकारी दिनुभयो । राजपा नेपालले लाठी जुलुस प्रदर्शन गर्नेभएपछि तराईका जिल्ला सदरमुकामहरुमा बिहानैदेखि विशेष सुरक्षा सतर्कता अपनाईएको सुरक्षा निकायले जनाएका छन् । चरणबद्ध आन्दोलनको कार्यक्रम अनुसार राजपाले भोली उम्मेद्वारी मनोनयनको दिन मेचीदेखि महाकालीसम्मका तराईका जिल्लामा बन्द आह्वान गरेको छ । राजपाले जेठ ३० गतेदेखि जारी राखेको आम हड्तालले मधेशको जनजीवन कष्टकर बनिरहेको छ । बन्दका कारण सदरमुकाम र आसपासका गाउँको दैनिकी कष्टकर बन्न थालेको हो । राजपालाई सहमतिमा ल्याउन भन्दै सरकारले प्रदेश नम्वर २ को चुनाव असोजमा सारेपनि तराई मधेशमा आन्दोलन रोकिएको छैन ।