Banner Second

सामूहिक बला’त्कारमा परेकी १३ वर्षीया दलित बालिका पुलिस स्टेशनभित्र पुनः बला’त्कृत

By Saru Sunar

May 04, 2022

भारतको उत्तर प्रदेशको ललितपुरको स्टेशन अफिसर (एसओ) माथि १३ वर्षकी दलित बालिकामाथि थानाभित्रै बला’त्कारको आरोप लागेको छ

सामूहिक बलात्कारपछि ललितपुरको थाना पाली पुगेकी ती बालिकालाई त्यहाँका एसओले पुनः बलात्कार गरेको बिबिसीले जानकारी दिएको छ । घटनामा प्रहरीले बालिकाकी काकीसमेत तीन जना अभियुक्तलाई पक्राउ गरेको छ । ललितपुरका एसपीका अनुसार अभियुक्त एसओ तिलकधारी सरोज फरार छन् । प्रहरीले उनलाई पक्राउ गर्न हर सम्भव प्रयास गरिरहेको उनले जानकारी दिएका छन् ।

एफ आइआरमा के छ ?

यो घटनाको एफ आइआर ३ अप्रिल दिउँसो दुई बजे दर्ता गरिएको छ । यसमा बलात्कारको आरोप लगाइएको छ । गाउँका चार जना युवक चन्दन, राजभान, हरिशंकर, महेन्द्र चौरासिया, बालिकाकी काकी र पाली थानाका एसओ तिलकधारी सरोजको नाम लेखिएको छ । अभियुक्तमाथि २२ अप्रिलमा बालिकालाई ललाई फकाई गरी, लुकाएर गोपाल ल्याएर तीन दिनसम्म लगातार बलात्कार गरेको आरोप छ ।

गत अप्रिल २६ मा यी चारै जनाले बालिकालाई पाली प्रहरी चौकी नजिकै छाडेर भागेको पनि आरोप छ । एफआइआरका अनुसार इन्स्पेक्टरले ती बालिकालाई उनकी काकीलाई सुम्पेका थिए । उनले पनि उनलाई भगाएर लिएर जाने चन्दनकी बहिनीलाई दुई दिनका लागि सुम्पिएकी थिइन् ।

एफआइआरमा लेखिए अनुसार बालिकालाई २७ अप्रिलमा बयानका लागि बोलाइयो र बेलुका हुने बित्तिकै उनकी काकीले बालिकालाई थाना अध्यक्ष तिलकधारी सरोज भए ठाउँ लिएर गइन् । बालिकालाई कोठामा लगेर दुष्कर्म गरियो ।

त्यसपछि बालिकालाई उनकी काकीलाई पुनः सुम्पिइयो । एफ आइआरका अनुसार यो घटनाको कुनै पनि जानकारी बालिकाका आमा–बुवालाई दिइएन । २० अप्रिलमा जब बालिकालाई पुनः थाना ल्याइयो र उनलाई एनजिओ चाइल्ड लाइनलाई सुम्पिइयो त्यसपछि काउन्सिलसङमा बालिकाले सबै कुरा बताइन् ।

दारोगाको गिरफ्तारीका लागि बनाइएको समूहले यस घटनाबारे थप जानकारी दिँदै ललितपुरका एसपी निखिल पाठकले भने, ‘प्रहरीले एफ आइआर दर्ता गरेको छ । यसमा एक अभियुक्तलाई हामीले पक्राउ गरेका छौँ । उनीसँग सोधपुछ भइरहेको छ । यसबाहेक अन्य अभियुक्तका लागि पनि हामीले समूह बनाएका छौँ । उनीहरूको गिरफ्तारी छिट्टै हुनेछ । एसओ तिलकधारी सरोजलाई तत्काल निलम्बित गरिएको छ । उनलाई पक्राउ गर्नका लागि पनि टिम बनाइएको छ ।’