कृष्णनगर नगरपालिका वडा न. ९ मा वडा अध्यक्षको उम्मेदवार मङ्गल गुप्ताले चर्चा पाएका छन् । नेपाली काँग्रेस वाट वडा अध्यक्षमा उम्मेदवारी दिनुभएका गुप्ता अहिले घरदैलो मतदाता भेटघाटमा व्यस्त देखिएका हुन । अनुभवी तथा पाका नेताको रूपमा परिचित गुप्ताको उम्मेदवारी विपक्ष उम्मेदवारहरूलाई सकस परेको छ । बहादुर गन्जको विकास र समृद्धिको लागि आफूले उम्मेदवारी दिएको र जनताको भरपुर साथ पाएको गुप्ताले बताउनुभयो ।
कुरा गर्नको लागि नभई वडाको विकास र वडाका नागरिकहरूको समस्या समाधानको लागि वडावासीहरूको आग्रहमा आफूले उम्मेदवारी दिएको बताउनुभयो । निर्वाचनमा जानु तथा जित्नु मात्र सफलता नहुने भन्दै जित पछिको आफ्ना योजनाले महत्त्व राख्ने बताउनुभयो । शिक्षा,स्वास्थ्य,कृषि लगायत प्रत्यक्ष नागरिकहरू सँग जोडिएको विषयलाई प्राथमिकता दिँदै काम गर्ने गुप्ताले बताउनुभयो । वडामा दुई जनाको नाम चर्चामा आएको छ । नेपाली काँग्रेस बाट उम्मेदवार भएका मङ्गल प्रसाद गुप्ता तथा बहु जन शक्ति बाट उम्मेदवार रहेका सतवश कुमार निगम बिच प्रति प्रधान हुने देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।