Banner First

चितवनमा अनिल परियारको छुरा हानी ह’त्या

By Saru Sunar

May 09, 2022

चितवन, २५ वैशाख । चितवनमा एक पुरुषको छुरा हानी ह’त्या गरिएको छ । भरतपुर महानगरपालिका–१२ का करिब २८ वर्षीय कान भनिने अनिल परियारलाई छुरा हानी बीभत्स हत्या गरिएको हो । भरतपुर–७ कृष्णपुर खेलमैदाननिर आज साँझ करिब साढे ७ बजेतिर परियारलाई अज्ञात समूहले छुरा हानेको हो । छुरा लागेपछि घाइते भएका परियारको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।प्रहरी स्रोतका अनुसार परियारको शरीरमा १० भन्दा बढी छुरा हानिएको छ । ‘घुँडाबाट माथि जताततै छुरा हानिएको छ । १० भन्दा बढी ठाउँमा छुरा हानिएको देखिन्छ’, स्रोतले भन्यो । घटनाको अनुसन्धानका लागि अधिकारीसहितको प्रहरी टोली चितवन मेडिकल कलेजमा पुगेको छ ।छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको अधिकारीले जानकारी दिए । परियार गत वर्ष मात्रै चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका थिए । निर्वाचन नजिकिँदै जाँदा चितवनमा आपराधिक क्रियाकलाप बढ्दै गएका छन् ।काँग्रेसका बागमती प्रदेश प्रतिनिधि समेत रहका उनी काँग्रेसका सक्रिय कार्यकर्ता हुन् ।