Banner Second

राँगोले हानेर घरधनीको मृ’त्यु भए पछि राँगोलाइ गोलि हानेर मा’रियो

By Saru Sunar

May 09, 2022

लमजुङको सुन्दर बजार नगरपालिका वडा नम्बर ४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हान्दा मृ’त्यु भएको छ।राँगोले हानेर गम्भीर घाइते उनको सुरमा जिल्ला अस्पतालमा उपचार गरिएको थियो।त्यसपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार राँगाले शनिवार खुमबहादुरकी १९ वर्षीया छोरी रविनालाई समेत घाइते बनाएको थियो। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।थप घटना हुन नदिनका लागि प्रहरीले राँगा गोली हानेर मारेको छ।सो राँगोले केही दिनअघिबाटै बिरामीजस्तो देखिएको थियोआफैँले पालेको राँगोले केही नगर्ला भनेर घरधनीले राँगा समात्न खोज्दा सो घटना हुन पुगेको स्थानीयको भनाइ छ।