Banner Second

अल जजिराकी पत्रकार शिरिनकाे इजरायली सेनाद्वारा गोली हानी ह’त्या

By Saru Sunar

May 11, 2022

 

अल–जजीराकी एक पत्रकारलाई बुधबार बिहान इजरायली बलले ओगटेको वेस्ट बैङ्क सहर जेनिनमा इजरायली आक्रमणबारे समाचार कभर गर्ने क्रममा गोली हानी ह’त्या गरिएको छ ।  प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो ।अरबी भाषा च्यानलका लागि प्रसिद्ध प्यालेस्टिनी रिपोर्टर शिरिन अबू अक्लेहलाई गोली हानिएको र लगत्तै उनको मृ’त्यु भएको बताइएको छ । जेरु सेलममा रहेको अल–कुड्स अखबारका लागि काम गर्ने अर्का प्यालेस्टिनी पत्रकार घाइते भएका छन् । उनको अवस्था स्थिर छ ।स्वास्थ्य मन्त्रालयले पत्रकारहरू इजरायली गोली बारीबाट प्रभावित भएको बताएको छ । सेनाले यसबारे कुनै टिप्पणी गरेको छैन ।