Banner Second

नवलपरासीमा भयानक सडक हादसा घटना स्थलमै मोटरसाइकल चालक यादवको मृ’त्यु

By Saru Sunar

May 12, 2022

नवलपरासी पश्चिम २९ वैशाख नवलपरासी पश्चिमको रामग्राम नगरपालिका वडा नं १० नदवामा जय गुर्गा पेट्रोल पम्प र पेप्सी कम्पनीको अगाडि ठुलो सडक दुर्घटना भएको छ । पूर्व देखि पश्चिम दिशातिर गइरहेको टिप्पर र पश्चिम देखि पूर्व दिशातिर गइरहेको मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालकको घटनास्थलमा ज्यान गएको स्थानीयले बताएका छन् । टिप्पर गति तिब्र भएको कारणले उक्त मोटरसाइकललाई लगभग १०० मिटर सम्म अगाडि टिप्परले किचेर लगेको प्रत्यक्षदर्शीले बताएका हुन । घटनास्थलमा निधन भएका मोटरसाइकल चालक रामग्राम नगरपालिका वडा नं ६ अैचावलका हरिद्वार यादव हुन उनको पुरानो घर अैचावल र नयाँ घर पोखरापालिमा पनि छ । उनी परासीदेखि पोखरापालि आउने क्रममा बुधबार लगभग ८ बजेर ४५ मिनेटमा सडक दुर्घटना भएको जानकारी स्थानीयवासीले दिएका हुन। अहिले टिप्पर प्रहरीको नियन्त्रणमा रहेको छ । यसबारे थप जानकारीका लागि प्रहरीलाई सम्पर्क गर्दा प्रहरीको फोन नउठेको हो