फिचर

मतदातालाई पैसा बाड्दै गरेको अवस्थामा वडा अध्यक्ष प्र’काउ

By Saru Sunar

May 12, 2022

निर्वाचन आचारसंहिता विपरीत मतदातालाई पैसा बाँड्दै गरेका एक उम्मेदवार पक्राउ परेका छन्। सुर्खेतको गुर्भाकोट नगरपालिका–११ स्थित घुमखहरेको आँप सोती टोलमा बुधबार मध्य राति मतदाताहरूलाई पैसा बाँड्दै गरेको अवस्थामा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार राजन बिसीलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदम विष्टका अनुसार वडाध्यक्षका उम्मेदवार बिसी १ लाख १२ हजार रुपैयाँ नगदसहित पक्राउ परेका हुन्। ‘नगदसहित पक्राउ परेका वडाध्यक्षका उम्मेदवारलाई घटनास्थल मुचुल्कासहित प्रहरी चौकी मेहलकुनामा राखेका छौँ,’ एसपी विष्टले भने, ‘१० बजेपछि निर्वाचन कार्यालयको जिम्मा लगाउँछौँ।’ प्रहरीले पक्राउ गर्नु अघिसम्म आँप सोतीका केही घरमा वडाध्यक्षका उम्मेदवार बिसीले पैसा वितरण गरिसकेका थिए।