ओहो !आज त आफुलाई ठुला जात सोच्नेको साइत नबिग्रेको दिन

आजको दिन त स्थानीय निर्वाचनको दिन पो हो त !


ओहो !आजको दिन स्थानीय निर्वाचन!
आजको दिन त स्थानीय निर्वाचनको दिन पो हो त !
आजको दिन दलितहरूको घरघरमा कति मतदान छन् भनी खोजेको दिन !
अनि को को आए मतदान गर्न भनी गनिगनी अरु मुस्काएको दिन !
ओहो आजको दिन स्थानीय निर्वाचन

दलितहरू सबैभन्दा बढी सम्मानित भएको दिन !
दलितहरूको हातबाट एकै दिनको लागि भए पनि पानी चलेको दिन ।
ओहो ! आजको दिन सधैं साइत नपर्ने दलितलाई देख्दा आज साइत परेको दिन !
ओहो आज त ठुला जात भन्नेको साइत नबिग्रेको दिन ।
सधैँ ” त” भनेर अपमान खेपेका दलितले ” तिमी ” भनेको सुन्न पाएको दिन !
तिमी भनिरहनेले ” तपाईँ ” भनी सम्बोधन गरेको दिन !

ओहो ! आज त स्थानीय निर्वाचन पो हो त !
सधैँ पल्लो बारीको छेउमा छुट्टै बिहे भोजमा टपरीमा दिदा
आजको दिन त सँगै बसेर मासु भात खाएको दिन !
ओहो ! मन्दिर र धारामा अलग्गै छोइन्छ भनी तर्कनेहरू
आज एउटै लाइनमा टाँसिएर लामबद्ध भएको दिन !
ओहो ! आज त स्थानीय निर्वाचनको दिन !

ओहो ! आज त स्थानीय निर्वाचनको दिन!
गजल लेखिका -सन्चारकर्मी तथा महिला अधिकारकर्मी हुन

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्