राेचक

ओहो !आज त आफुलाई ठुला जात सोच्नेको साइत नबिग्रेको दिन

By Saru Sunar

May 13, 2022

ओहो !आजको दिन स्थानीय निर्वाचन! आजको दिन त स्थानीय निर्वाचनको दिन पो हो त ! आजको दिन दलितहरूको घरघरमा कति मतदान छन् भनी खोजेको दिन ! अनि को को आए मतदान गर्न भनी गनिगनी अरु मुस्काएको दिन ! ओहो आजको दिन स्थानीय निर्वाचन

दलितहरू सबैभन्दा बढी सम्मानित भएको दिन ! दलितहरूको हातबाट एकै दिनको लागि भए पनि पानी चलेको दिन । ओहो ! आजको दिन सधैं साइत नपर्ने दलितलाई देख्दा आज साइत परेको दिन ! ओहो आज त ठुला जात भन्नेको साइत नबिग्रेको दिन । सधैँ ” त” भनेर अपमान खेपेका दलितले ” तिमी ” भनेको सुन्न पाएको दिन ! तिमी भनिरहनेले ” तपाईँ ” भनी सम्बोधन गरेको दिन !

ओहो ! आज त स्थानीय निर्वाचन पो हो त ! सधैँ पल्लो बारीको छेउमा छुट्टै बिहे भोजमा टपरीमा दिदा आजको दिन त सँगै बसेर मासु भात खाएको दिन ! ओहो ! मन्दिर र धारामा अलग्गै छोइन्छ भनी तर्कनेहरू आज एउटै लाइनमा टाँसिएर लामबद्ध भएको दिन ! ओहो ! आज त स्थानीय निर्वाचनको दिन !

ओहो ! आज त स्थानीय निर्वाचनको दिन! गजल लेखिका -सन्चारकर्मी तथा महिला अधिकारकर्मी हुन