दाङका तीन पालिकामा मतगणना सुरु



बैशाख ३१, दाङ । दाङका तीनवटा पालिकामा मत गणना सुरु भएको छ ।

लमही नगरपालिकामा आज बिहान ६ बजेबाट मतगणना सुरु भएको छ ।

एकैपटक तीन स्थानमा गणना गरिने निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । पहिलो चरणमा वडा नम्बर १, ५ र ९ काे मतगणना हुनेछ । लमहीमा ७४.५८ प्रतिशत मत खसेको छ । कुल ३४ हजार ३८२ मतदाता रहेको लमहीमा २५ हजार ६४१ मत खसेको हो ।

त्यस्तै राप्ती गाउँपालिकामा गए राति १२ बजेदेखि नै मत गणना सुरु गरिएको छ । अहिले मत गणना जारी छ । राप्तीमा ३२ हजार ३२३ मध्ये २३ हजार ५१८ मत खसेको छ ।

त्यस्तै बबईमा गाउँपालिकामा पनि बिहान २ बजेदेखि मतगणना सुरु गरिएको छ । २२ हजार १४४ मतदाता मध्ये १५ हजार ४२४ मत खसेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्