भरतपुर महानगरको मतगणना सुरु



चितवन। भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ९ बजेबाट गणना गर्ने भने विहान ११ बजेपछि महानगरको वडा नम्बर १ ख बाट मतगणना सुरु भएको हो।

भरतपुर महानगरमा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवारमा माओवादी केन्द्रकी रेनु दाहाल रहेकी छन् भने एमालेबाट विजय सुवेदी, स्वतन्त्रबाट जगन्नाथ पौडेल चुनावी मैदानमा रहेका छन्।

भरतपुर महानगरको सत्तारुढ गठबन्धनबाट उपमेयरमा चित्रसेन अधिकारी प्रत्यासी छन् भने एमाले र राप्रपाको गठबन्धनबाट उपमेयरमा राप्रपाका हिमला गुरुग चुनावी प्रतिष्पर्धामा छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्