लमही नगर पालिकामा नेपाली काँग्रेसको अग्रता



दाङ । लमही नगरपालिकामा नेपाली काँग्रेसले सुरुवाती देखि नै अग्रता कायम गरेको छ ।

माओबादी केन्द्रका वसन्त राज शर्मा बिक्रान्तलाई ५७ मतले पछि पार्दै नेपाली काँग्रेसका जोगराज चौधरीले अग्रता लिएका छन ।
लमही नगरका १, ५ र ९ नम्बर वडाको ८ सय ५० मत गणना गर्दा काँग्रेसले अग्रता जारी राखेकाे छ । नेपाली कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार जाेगराज चाैधरीले २३५, नेकपा एमालेका दण्डिराम चाैधरीले १६१ र नेकपा माओवादि केन्द्रका बसन्तराज शर्मा बिक्रान्तले १७८ मत प्राप्त गरेका छन ।

उपप्रमुखमा नेपाली कांग्रेसकि लक्ष्मि याेगिले २२२, नेकपा एमालेकि शुसिला शर्मा १४८ र नेकपा माओवादि केन्द्रकि गंगा पाण्डे १२३ मत प्राप्त गरेकि छिन ।

लमही नगरपालिका वडा ५ मा नेकपा माओवादी केन्द्रका ओमप्रसाद सुवेदीले ८०, नेपाली कांग्रेसका कुमार घिमिरेले ५३, नेकपा एमालेका विमबहादुर केसीले ३९ मत प्राप्त गरेका छन । वडा नम्बर १ मा नेपाली कांग्रेसका दामाेदर पाैडेलले १५७, नेकपा माओवादी केन्द्रका घनश्याम खनालले १२७, नेकपा एमालेका नुमराज पाैडेलले ७७ मत प्राप्त गरेका छन ।

लमही नगरपालिका-९ मा नेपाली कांग्रेसका भेषबहादुर केसी रमेशले ८९, नेकपा एमालेका खिमबहादुर केसीले ७४ र नेकपा माओवादी केन्द्रका प्रेम वलिले १८ मत प्राप्त गरेका छन ।

यो भन्दा अघि लमही नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले जितेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्