दैलेख। दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रका छविराम सुवेदीले २ हजार ६०० मत ल्याएर निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले जानकारी दिइन्।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका भदे बुढामगरले २ हजार ५४४ भोट प्राप्त गरेका छन्। उपाध्यक्षमा एकीकृत समाजवादीका गंगाबहादुर शाही २ हजार ८३४ मतले निर्वाचित भएका छन्।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।