भरतपुर महानगरमा रेनु दाहालको अग्रता कायमै



चितवन। भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले अग्रता कायम राखेकी छन्। २९ सय ६८ मत गणना सकिँदा रेनुले ११ सय ५ मत पाएकी छन्।

एमाले-राप्रपा गठबन्धनका उम्मेदवार विजयी सुवेदीले १ हजार ७ मत ल्याएका छन्। कांग्रेसका बागी जगन्नाथ पौडेलले ३ सय ९० मत ल्याएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्