झापाको कचनकवल गाउँपालिका-१ मा कांग्रेसको प्यानल विजयी



झापा। झापाको कचनकवल गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ। नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार महावीर लिम्बूसहितको प्यानल निर्वाचित भएक हुन्।

लिम्बूले १४४२ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मी नारायण यादवले १ हजार ११० मत प्राप्त गरे।

त्यस्तै, वडा सदस्यहरुमा अन्त प्रसाद राजवंशी र उग्रनारायणा सिंह राजवंशी निर्वाचित भएक छन्। महिला सदस्यमा सञ्जावती राजवंशी निर्वाचित भए भने दलित महिला सदस्यमा सुनिता दर्जी निर्वाचित भइन्।

यो गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन छ। गाउँपालिका अध्यक्षका लागि कालेन्द्र प्रसाद सिंह राजवंशी नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार रहेका छन् भने नेकपा एमालेका तर्फबाट नवराज भट्टराईको उम्मेदवारी छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्