चितवनको माडी–१ को वडाध्यक्षमा राप्रपा विजयी



चितवन। चितवनको माडी नगरपालिका वडा नं. १ को वडाध्यक्षमा राप्रपाका युवा नेता अमित लामा निर्वाचित भएका छन्। आइतबार बिहान सकिएको मतगणनामा लामाले १ हजार ४३३ मत पाउँदै वडाध्यक्ष जिते। लामा यसअघि सोही वडाको वडा सदस्य थिए।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीवन चौधरी गुरौले ९४३ मत ल्याए । एमाले उम्मेदवार टिकाराम सुवेदीले १२६ मत पाए।

सो वडामा महिला सदस्यमा राप्रपाबाटै अप्सरा सुवेदी, दलित महिला सदस्यमा गुना धमला लोहार र खुल्ला सदस्यमा नेपाली कांग्रेसका जय नारायण लामिछाने र राप्रपाका दिपेन्द्र महतो निर्वाचित भएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्