टप फिचर

लमही नगरमा काँग्रेसको अग्रता कायमै, २८६ मतले अगाडी

By Thaha - Online

May 15, 2022

दाङ । लमही नगरपालिकामा नेपाली काँग्रेसले सुरुवात देखि नै अग्रता कायम राखेको छ । माओवादी केन्द्रका वसन्तराज शर्मा विक्रान्तलाई २ सय ८६ मतले पछि पार्दै काँग्रेसका जोगराज चौधरीले अग्रता लिई रहेका छन् ।

मेयर पदका लागि उनले १हजार ३ सय ३३ मत प्राप्त गर्दा माओवादी केन्द्रका वसन्तराज शर्मा विक्रान्तले १ हजार ४७ मत पाएका छन् । त्यस्तै एमालेका डन्डीराम चौधरीले १ हजार ११ मत सहित पछ्याउँदै छन् । उपमेयर पदमा पनि काँग्रेसकी लक्ष्मी योगीले लोकप्रिय १ हजार ३ सय ६२ मतले अग्रता लिई रहेकी छन् । उनलाई एमाले कि सुशीला शर्मा १ हजार ४३ मतले पछ्याउँदै छिन भने माओवादी केन्द्रकी गँगा पाण्डेले ७ सय ९४ मत प्राप्त गरेकी छिन।

शनिवार बिहानबाट लमही नगरका १, ५ र ९ नम्बर वडाबाट मत गणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

लमही नगरपालिका वडा ५ मा वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका ओमप्रसाद सुवेदीले ४७९, नेपाली काँग्रेसका कुमार घिमिरेले ३८१, नेकपा एमालेका विमबहादुर केसीले २५९ मत प्राप्त गरेका छन् ।  वडा नम्बर १ मा नेपाली काँग्रेसका दामोदर पौडेलले ५१३, नेकपा माओवादी केन्द्रका घनश्याम खनालले ४२९, नेकपा एमालेका नुमराज पौडेलले ३०७ मत प्राप्त गरेका छन् । 

लमही नगरपालिका-९ मा नेपाली काँग्रेसका भेषबहादुर केसी रमेशले ५३४, नेकपा एमालेका खिमबहादुर केसीले ४३० र नेकपा माओवादी केन्द्रका प्रेम वलिले ७० मत प्राप्त गरेका छन् ।