काङ्ग्रेस नेता दीपक गिरीको वडामा एमालेको जित



दाङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीको वडामा एमालेका उम्मेदवार वडाध्यक्ष निर्वाचित भएका छन्।

दंगीशरण गाउँपालिका वडा नम्बर ४ गिरीको गृह वडा हो । स्थानीय तहको निर्वाचनमा उनले त्यही वडामा मतदान गरेका थिए । गिरीकै वडामा एमालेका उम्मेदवार कमल चौधरी वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

चौधरीसङै एमालेबाट उम्मेदवार बनेको थप एक जना वडा सदस्य पनि निर्वाचित भएका छन् । तीन जना वडा सदस्य भने नेपाली काङ्ग्रेसबाट निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

एमाले उम्मेदवार चौधरीले ६५७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार कल्चु चौधरीले ४६५ मत मात्र प्राप्त गरेका छन् । माओवादी केन्द्रका उम्मेदवार ठाकुर चौधरीले १३५ मत प्राप्त गरे। दंगीशरण ४ मा जम्मा १६५१ मत खसेको थियो।

उक्त वडा काँग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार शम्भु गिरीको वडा हो। पालिका अध्यक्ष गिरीलाई भने एमाले उम्मेदवार भन्दा वडाबाट बढी मत गएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्