राजपुर गाउँपालिका नेपाली काँग्रेसको पोल्टा



दाङ ,राजपुर गाउँपालिका नेपाली काँग्रेसको पोल्टामा परेको छ । काँग्रेसका पालिका प्रमुख उम्मेदवार शरद बुढाथोकी र उपप्रमुखमा धनपतिदेवी यादव विजयी भएका छन् । बुढाथोकीले आफ्ना निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका चक्र बहादुर खड्का शिखर लाई ८ सय १३ मतले पछि पार्दै विजयी बनेका हुन । बुढाथोकीले ३ हजार ९ सय ८० मत प्राप्त गर्दा माओवादीका शेखरले ३ हजार १ सय ६७ मतमा सीमित रहन पर्‍यो । उपाध्यक्षमा धनपति देवी याद बले ४ सय ८८ मतान्तरले विजयी बनेकी छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र कि पुष्पा याद बले ३ हजार ३ सय ४८ मत प्राप्त गर्दा धनपतिले ३ हजार ८ सय ३६ मत प्राप्त गरिन । धनपति यादव यस अघि पनि राजपुर गाउँपालिकाकै उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन भने अध्यक्षमा लोकराज केसी निर्वाचित भएका थिए । एमालेबाट अध्यक्ष पदका कुलराज गिरिले २ हजार ९ सय २२ र उपाध्यक्ष सीता याद बले २ हजार ९ सय ७ मत प्राप्त गरिन । १५ हजार ७ सय २३ मतदाता रहेको यस पालिकामा ११ हजार ७ सय ४१ मत खसेको थियो । पालिकामा ७ वटा वडा हरू छन् । जसमध्ये ३,६ र ७ माओवादी केन्द्रले जितेको छ भने २ र ४ नेपाली काँग्रेसले जितेको छ । नेकपा एमालेले वडा नम्बर १ र ५ जित्न सफल भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्