राप्तीको अध्यक्षमा माओवादीका प्रकाश र उपाध्यक्षमा एमालेकी कमला पतीको अग्रता कायम



भालुवाङ २ जेठ । दाङको राप्ती गाउँपालिकामा अध्यक्ष पदमा नेकपा माओवादीका प्रकाश विष्ट र उपाध्यक्षमा नेकपा एमालेकी कमला पती चौधरिको अग्रता कायम रहेको छ ।खसेको कुल २३ हजार ४ सय १८ मत मध्ये १४ हजार ६ सय ५२ मत गणना हुँदा यो समाचार तयार पार्दा सम्म अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका प्रकाश विष्टले ४ हजार ७ सय ५७ मत लिएर अगाडि रहेका छन् । भने नेकपा एमालेका जगप्रसाद पोख्रेलले ३ हजार ७ सय ३०, नेपाली काँग्रेसका जगदम्बाकुमारी चौधरीले २ हजार ६ सय ४५, जनता समाजवादी पार्टीका टोपबहादुर कार्कीले १३१, मङ्गोल नेशनल अग्रनाइ जेशनका शोभाराम बुढाले १५९, स्वतन्त्र उम्मेदवार बुद्धिप्रकाश चौधरीले १,३९३ र स्वतन्त्र उम्मेदवार रमेश चौधरीले २५ मत प्राप्त गरेका छन् ।यसै गरी उपाध्यक्षमा नेकपा एमालेका कमला पती चौधरीले ४ हजार ९५ मत लिएर अगाडि रहेकी छिन् । भने नेपाली काँग्रेसका हरिप्रसाद भुसालले ३ हजार ५ सय ९३, राष्ट्रिय जनमोर्चाका केशवराज खनालले ३ हजार १ सय ९०, नेकपा एकीकृत समाजवादीका मुकुन्दराज रोकाले १९१ र मङ्गोल नेशनल अग्रनाइजेशनका हिरा थापा मगरले १८४ मत प्राप्त गरेका छन् । अब राप्ती गाउँपालिकामा ८ हजार ६ सय ६६ मत गन्न बाँकी रहेको निर्वाचन अधिकृत हेमराज अर्यालले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्