२४ बर्षिय रमेश रसाइली वडा अध्यक्षमा बिजयी भन्छन् दलितलाई दासको रूपमा हेर्ने मानसिकताको अ’न्त्य गर्छु



प्रेम सुनार-गुल्मी,जेठ १ । नेपालमा प्रजातन्त्र सुरु भए यताको साबिक गुल्मीको मुसिकोट राज्यका दर्जनौँ गाउँ पञ्चायत र त्यसयताका गाविसहरूलाई हालको वडा मान्ने हो भने वर्तमान मुसिकोट नगरपालिकाको पहिलो गाविस अध्यक्ष वा वडाध्यक्ष दलित समुदायबाट निर्वाचित भएका छन् ।विपन्न परिवारका २४ वर्षीय रमेश रसाइली(वि.क)ले पैसा विना पनि चुनाव जित्न सकिन्छ भन्ने उदाहरण देखाउँदै मुसिकोट नगरपालिका ८ को वडाध्यक्षमा आज साँझ निर्वाचित भएका हुन् ।गठबन्धनको तर्फबाट उम्मेदवार रहेका उनी नेपाली काँग्रेसका क्रियाशील सदस्य तथा सो पाटी निकट नेपाल दलित सं मुसिकोट नगर सभापति समेत हुन् ।चुनावी प्रचारको सुरुवाती दिनमा विगत ३५ वर्ष देखि नेकपा एमालेको लाल किल्ला रहेको वडा न.८ तथा साबिक वामी गाविसमा आफूले चुनाव जित्न नसके पनि एमालेलाई सबक सिकाउने मात्रै लक्ष्य बोकेको बताउने रसाइली आज एक्कासि वडाध्यक्षमा निर्वाचित भएको घोषणा सुनाउँदा आकाश तर्फ आँखा ओछाउँदै `ओ माई गड भन्दै थिए ।कम्युनिस्टका नाममा मुठ्ठीभर समाजका ठुलाबडा भनौदाहरुले वामीका दलितहरूलाई दासका रूपमा हेर्ने मानसिकताको अन्त्य गर्ने उनको उद्घोष छ ।वामीमै ७ दिन अघि भएको चुनावी सभालाई सम्बोधन गर्दै विकले हात जोड्दै भनेका थिए । अहिलेसम्म शासकलाई जिताउनुभयो अहिले म एउटा सेवकलाई जिताउनुहोस् ।
घोषणा सभामा लौरो टेकेर उभिएका साबिक वामी गाविसका समाजसेवी ७४ वर्षीय सालिकराम सापकोटाले तत्कालीन मुसिकोट राज्य र साबिक मुसिकोट अन्तर्गतका वर्तमान वडाहरूमा दलित समुदायबाट प्रमुख पदमा विजयी हुने रसाइली पहिलो दलित युवा भएको भन्दै हर्ष प्रकट गरे ।उनको जित सुनिश्चित जस्तै भएको थाहा पाउने मुसिकोट नगरका अधिकांश दलित समुदायले नाराबाजी गरिरहेका बेला घोषणा सभामा आइँ विजयको नारा लगाई रहेको बेला अन्य समुदायका मानिसहरूले चर्को हुटिङ गरेर विजय उत्सवमय घोषणा सभा बनिरहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्