गठबन्धनलाई पराजित गर्दै सरुमानी गाउँपालिका अध्यक्षमा झगबहादुर विश्वकर्मा विजयी



२ जेठ, प्युठान । प्युठानको सरुमारानी गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
रुमानी गाउँपालिका अध्यक्षमा झगबहादुर विश्वकर्माले चार हजार २८० मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मुकुन्दराज शर्माले चार हजार १९४ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा पनि एमालेकै बसन्ता खड्काले चार हजार ३९४ मत ल्याइन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका गुप्त बहादुर रानाले तीन हजार ९४७ मत ल्याए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्