डडेल्धुराकाे आलिताल गाउपालिका अध्यक्षमा शेरसिंह पार्की विजयी



डडेलधुरा । भित्रि मधेश क्षेत्रको आलि ताल गाउँपालिकामा काँग्रेसका निवर्तमान अध्यक्ष, उपाध्यक्षलाई हराउँदै माओवादीका उम्मेदवार अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन् । माओवादी बाट अध्यक्षमा शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी रावल बोहरा निर्वाचित भएका हुन ।
काँग्रेसका उम्मेदवार बलबहादुर गुरुङलाई हराउँदै अध्यक्षमा पार्की र काँग्रेसकै जला कुमारी विष्ट बोगटीलाई पछि पार्दै बोहरा उपाध्यक्षमा विजयी भए । अध्यक्षमा निर्वाचित पार्कीले २३८९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय आलि तालले जानकारी दिएको छ । उनका प्रतिद्वन्द्वी गुरुङले २२२४ मत प्राप्त गरेका थिए । पार्की गुरुङ संग १ सय ६५ मत बढी प्राप्त गरी विजयी भए ।
उपाध्यक्षमा विजयी रावलले २६०२ मत प्राप्त गरिन । काँग्रेसकी बोगटीले २२४१ मत प्राप्त गरिन । उनीहरू बिचको ३ सय ६१ मतान्तर रह्यो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्