गठबन्धनलाई पराजित गर्दै चौरजहारी ८को वडा अध्यक्षमा शशिराम बिक बिजयी



कर्णाली प्रदेश रुकुम पश्चिम को चौरजहारी नगरपालिका वडा नम्बर ८ मा नेपाली काँग्रेस र नेकपा (एमाले) को गठबन्धनलाई पराजित गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षका उम्मेदवार शशिराम बिक लगायत ५ जनाको सिङ्गो टिम नै विजयी भएको छ । बिक ४ सय १८ मत ल्याएर विजय भएका छन् । भने प्रतिद्वन्द्वी एमाले काँग्रेस गठबन्धनका मिसर मल्लले ३ सय ३१ मत ल्याएर पराजित भएका छन् । त्यस्तै सदस्यमा माओवादी केन्द्रका गोरख घर्ती , पदम टमाटा , पुतला पुन , रश्मी बिक सार्की भने निर्विरोध विजयी भएकी हुन ।। अहिले सम्म माओवादी केन्द्रका नगर प्रमुखका उम्मेदवार पुष्प वादीले ३ हजार ८ सय ५५ र उप प्रमुखकी उम्मेदवार इश्वरी शर्मा विएमले ३ हजार ९ सय २९ मत प्राप्त गर्नु भएको छ । त्यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका नगर प्रमुखका उम्मेदवार प्रेमबहादुर ओली ले ३ हजार २ सय ६७ र एमालेका उप प्रमुखका उम्मेदवार टंक प्रसाद ओलीले २ हजार ८ सय ४७ मत प्राप्त गरेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्