बागलुङ ढोरपाटन नगरपालिकाको नगर प्रमुखमा देव कुमार नेपाली बिजयी



बागलुङको ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका देव कुमार नेपाली पुनः विजयी हुनुभएको छ ।
संयुक्त पाँच दलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का चन्द्रलाल अर्याललाई ६ सय मतले पराजित गर्दै नेपाली दोस्रो कार्यकालको लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् ।
नेपालीले ५ हजार ७३५ मत प्राप्त गर्दा अर्यालले ५ हजार १३५मत प्राप्त गर्नुभएको छ । नगरपालिकाको उपमेयरमा पाँच दलीय गठबन्धनका धनबहादुर कायत विजयी हुनुभएको छ । नेपाली काँग्रेसका कायतले ५ हजार ६५० मत प्राप्त गर्नुभएको छ । उपमेयरमा राष्ट्रिय जनमोर्चा (विद्रोही समहु)का ताराकुमारी पुनले ४ हजार ४८४ मत प्राप्त गर्नुभएको छ । पुनले नेकपा एमालेको तर्फबाट उपमेयरमा उम्मेदवारी दिनुभएको थियो ।
यस्तै वडा नम्बर १ को अध्यक्षमा नेपाली काँग्रेसका बानबहादुर छन्त्याल ६ सय ८२ मत प्राप्त गरी विजयी भएका छन् । वडा नम्बर २ को अध्यक्षमा राष्ट्रिय जनमोर्चाका भेकबहादुर खत्री ७ सय २८ मत प्राप्त गरी विजयी भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्