बाजुरा , बडी मालिका नगरपालिका ९ को वडाध्यक्षमा सुर्य किरण बिक विजयी



बाजुरा : बडी मालिका नगरपालिका ९ को वडाध्यक्षमा एमालेका उम्मेदवार सुर्य किरण बिक विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिर्घराज पाध्याय र नेपाली काँग्रेसका उम्मेदवार मीन बहादुर थापालाई पराजित गर्दै बिक विजयी भएका छन् ।
विकले ७२८ मत सहित विजयी भएका छन् भने उनका निकटतम प्रतिदन्दी दिर्घराज पाध्यायका ३९३ र काग्रेसका उम्मेदवार मीन बहादुर थापाको ९ मत सहित पराजित भएका छन् । साे वडामा नेकपा एमालेको पुरै टिम विजयी भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्