सिरहाको नवराजपुर गापामा जसपा निकट यादवको सान्दार जित



सिराहा लहान – सिराहाको नवराजपुर गाउँपालिकामा जसपा निकट शिव उदगार यादवले गाउँपालिका अध्यक्षमा भारी मतले निर्वाचित भएका छन्।भने उपाध्यक्षमा पुनम कुमारी यादव निर्वाचित भएका छन्। नेपाली काङ्ग्रेसको गढ मानिने नवराजपुर गाउँपालिकामा मधेसवादी दल जसपा निकट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका शिव उदगार यादवले भारी मतले नेपाली काङ्ग्रेस उम्मेदवार बिश्व मोहन यादव र एमाले निकट उम्मेदवार रहेका खुसीलाल साह र जनमत पार्टी निकट जिवछ यादव लाई पछार्दै जसपाले भारी मतले निर्वाचित भएका छन्। बर्शौ वर्ष देखि काङ्ग्रेसले राज गर्दै आएका ठाउँमा जसपाका युवा नेता शिव उदगार यादवले पालिका लाई जसपा मै बनाएका हुन्।
उनी मधेस जनविद्रोह २०६२/२०६३ सालमा लहान बाट राजनीति यात्रा सुरु गरेका उनी हाल नवराजपुर गाउँपालिका लाई जसपा मै बनाएका हुन्। नेता यादवलाई शिवा भने चिनिने गरेका छन्।उनी २०३७ साल श्रावण २० गतेका दिन बुबा प्रभु यादव र आमा बिन्दी यादवको कोखबाट जन्मिएका नेता यादव मधेसी हक अधिकारको लागी अवाज उठाउदै आएका थिए। नेता यादव सामान्य राजनीति पृष्ठभूमिका व्यक्ति हुन् उनको बुवा गाउँ घरमा सामान्य राजनीति गर्ने गर्थे।नेता यादवको बुवा हिन्दु धर्मावलम्बीको ग्रन्थ मानिने रामायण का निकै सोखिन थिए। झास र बिहान रामायण लाई पूजा अर्चना गर्ने गर्थे र रामायण कथा सुन्न गाउँका दर्जनौँ धार्मिक व्यक्तिहरूको भिड लाग्ने गर्थे। नेता यादव बुबाकै गुणमा निखारिएका उनी पूर्ण रूपमा धार्मिक व्यक्ति हुन्। उनले विगत १० वर्ष देखि निरन्तर समाज सँग होमिएका हुन्। नेता यादव हाल जसपा पार्टीको जिल्ला कमिटी सदस्य समेत रहनु भएका हुन्। उन निर्वाचित गर्न पुरै गाउँ बासी नै लागेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्