धन कौल गाउँपालिकाको निर्वाचनमा साह र सहनी पुनः निर्वाचित



धन कौल गाउँपालिकाको निर्वाचनमा साह र सहनी पुनः निर्वाचित स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत अहिले देशभर मतगणना भइरहेको छ । केही स्थानहरूको नजिता समेत सार्वजनिक भइसेको छ । सर्लाहीमा पनि केही स्थानबाहेक अधिकांश स्थानमा मतगणना भइरहेको छ । यस क्रममा सर्लाहीको धन कौल गाउँपालिकामा अध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार राम आश्रय साह र उपाध्यक्ष पदमा अकली सहनी विजयी भएको छ । साहले ४४७७ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा सहनीले ४५०४ मत प्राप्त गरी निवार्चित हुनुभएको छ । गाउँपालिका अध्यक्ष साहकोे निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार फकिरा महतोले ३३७८ मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्ष सहनीका निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार निलमकुमारी देवी सहनीले ३२२५ मत प्राप्त गर्नुभएको थियो । एमालेका उम्मेदवार अजय कुमार सिंहले भने १६०७ मत प्राप्त गरेको थियो भने उपाध्यक्षमा रमिता कुमारी यादवले १६०३ मत प्राप्त प्राप्त गरी तेस्रो स्थान प्राप्त गरेको छ । सर्लाहीमा २० पालिका रहेको छ । जसमध्ये ११ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेको छ । २० वटै पालिकामा मध्ये सबैभन्दा अगाडी धन कौलको नतिजा सार्वजनिक भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्