सखुवानन्कार कट्टी ४ मा जसपा निकट रमेश यादव विजय



सिराहा, लहान  सिराहाको सखुवानन्कार कट्टी गाउँपालिका वडा नम्बर ४ मा जसपा निकट रमेश यादव पुनः अध्यक्षमा निर्वाचित भएका छन्। सानै उमेर देखि राजनीतिमा लागेका उनी २०७४ को निर्वाचनमा ऊनी निर्वाचित भई राम्रो अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए। राजनीतिमा बर्शौ वर्ष देखि सक्रिय हुँदै जनतामा होमिएका उनी वडा अध्यक्षमा जनताले दोस्रो पल्ट विजय गराएका छन्। उनले जनताको चाहनामा उनले उम्मेदवार बन्न पुगेका थिए। उनले ५ वर्षमा निकै कामहरू गरेकोले जनताले नेता यादवलाई पुनः निर्वाचित गराएका छन्। यादवका अनुसार आफू जनतामा पसकेको चुनावी एजेन्डा अनुसार नै विकास निर्माणको काम अगाडि बढाउने प्रतिबद्धता गरेका हुन्। नेता यादव १२८ मतले निर्वाचित भएका हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्