समाजसेवी दिपोदेवी पासवान बनिन महोत्तरी गाँउपालिकाकी उपाध्यक्ष



महोत्तरीको महोत्तरी गाउँपालिकाको उपाध्यक्ष पदमा जसपा की दिपोदेवी पासवानले दुई हजार ६४ मत प्राप्त गरेर विजयी भएकी छन् ।उनका निकटतम प्रतिद्वन्द्वी तमलोपाकी ललितादेवी साहले एक हजार ९९१ मत प्राप्त गरेका छन्।अध्यक्ष पदमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) र उपाध्यक्ष पदमा जनता समाजवादी नेपाल (जसपा)ले विजयी प्राप्त गरेको छ। तमलोपाका दिलीपकुमार पाण्डेयले दुई हजार ३३६ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भए भने, उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका अजय जङ्ग रायले दुई हजार २०८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्