सैघाली खबर
दाङ,२ चैत्र
शान्तिनगर गाउँपालिकाको हिउदे अधिबेशनले १ करोड बढि बजेट बिनियोजन गरेको छ । बिहिबार सम्पन्न अधिबेशनले कुल २५ करोड ३४ लाख मध्य १ करोड ३४ लाख बजेट बिनियोजन गरेको हो । साथै अधिबेशनले गाउँ कार्यपालिकाद्धारा भएका सबै निर्णयहरु अनुमोदन भएका छन् । बिनियोजन बिध्येक २०७४ संसोधन सहित पारीत भएको छ ।
अधिबेशनले प्रशासकीय कार्यविधि नियमित गर्ने एन २०७४, निर्णय वा आदेश र आधिकारपत्रको प्रमाणीकरण कर्येबिधि नीयमावली २०७४, राजपत्र प्रकाशन तथा व्यव्स्थापन गर्ने सम्बन्धि कार्यबिधि २०७४, विकाश योजनार कार्यक्रम संचालन तथा व्यव्स्थापन कार्यबिधि २०७४ पारीत गरेको छ ।
त्यस्तै न्यायिक समिति कर्येबिधि ऐन २०७४, सहकारी ऐन २०७४, आर्थिक एन २०७४, विनियोजन ऐन २०७४, बजार अनुगमन निर्देशिका पारीत गरेको छ ।
त्यस्तै शिक्षा नियमावली २०७४ पारीत गर्नलाई गाउँ कार्यपालिकालाई अधिकार प्रत्योजन गर्दै तेस्रो हिउदे अधिबेश भएको हो । यसै अबशरमा बिभिन्न क्षेत्रमा कार्यरत उत्कृष्ठ कर्मचारीहरुलाई रु १० हजार पुरस्कार सहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा यमकान्त पाण्डे, कमल पाण्डे, राजेश गुप्ता, अनन्त पुन, रमेश कुमार ठाडा रहेको प्रबक्ता रबी बुढाथोकीले बताए । गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षतामा अधिबेशन भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।