बाजुरा, जिल्लाको हिमाली गाउँपालिकाको अध्यक्षमा नेपाली नेपाली काँग्रेसका गोविन्द बहादुर मल्ल विजयी भएका छन् । उनले नेकपा एमालेका अज बहादुर मल्ल लाई पराजित गर्दै गाउँपालिकाको अध्यक्षमा दोस्रोपटक विजयी भएका हुन्। विजयी भएका अध्यक्ष मल्ल र पराजित बनेका मल्लले ०७४ को निर्वाचनमा समेत गाउँपालिका अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।
यस पटकको निर्वाचनमा समेत सो गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्ष गोविन्द मल्ललाई नै उम्मेदवार बनाएको थियो भने एमालेले पनि ०७४ को निर्वाचनमा पराजित बनेका अज बहादुर मल्ललाई अध्यक्षमा उम्मेदवार बनाएको थियो ।
त्यसै गरी उपाध्यक्षमा नेकपा एमालेका राजकला सार्की विजयी भएकी छन् । उनले नेपाली काँग्रेसकी कमला रावत लाइ पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएकी हुन् । यस अघि ०७४ को निर्वाचनमा भने उनी पराजित बने कि थिइन्
सार्कीले २३६७ मत ल्याएर गाउँ पालिका उपाध्यक्ष निर्वाचित भएकी हुन भने नेपाली काँग्रेसबाट कमला राउत २२८६ मत ल्याएर पराजित भएकी हुन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।