मन्त्रीपरिषद बिस्तारमा ढिला गर्नु शंकाको बिषय : मैनाली



सैघाली खबर
दाङ,२ चैत्र

नेकपा ( माले)का महासचिब सिपी मैनालीले मन्त्रीपरिषद बिस्तारमा ढिलाई हुनु शंकास्पद बिषय भएको बताएका छन् । तुलसीपुरमा भएको नेकपा (माले) को राष्ट्रिय परिषद अधिबेशनलाई सम्बोधन गर्दै महासचिब मैनालीले संबिधान संसोधन गर्ने सर्तमा मधेसवादी दललाई सरकारमा सहभागि गराउनु मुलुककालागि ठुलो घात हुने समेत बताए । मधेसवादी दललाई सरकारमा ल्याएर मधेशका समस्या हल गर्न खोज्नु वली सरकारको ठुलो भुल भएको समेत उनको भनाई थियो ।

‘केपी वलीले मधेशवादी दललाई सरकारमा ल्याएर मधेसका समस्या सामाधान हुन्छ भन्ने सपना देखेका छन्’ उनले भने‘ यो उनको दिवा सपना मात्रै हो ।’ मधेसबादी दललाई भित्र्याउनलाई गठबन्धनको सरकारले मन्त्रिपरिषद बिस्तार गर्न ढिलाई गरिरहेको उनले बताए ।

उनले ंअहिलेको बाम एकता लामो समय सम्म नटिक्ने समेत उनले बताए । उनले बाम एकतालाई अबशरवादीको एकताको संज्ञा दिए ।‘ बिचार र सिद्धान्त भन्दा पनि अबशरवादीहरुको हाबी छ’ उनले भने ‘ यो एकताले लामो समय टिक्दैन् ।’

माले पाँच नंबर प्रदेशका ईञ्चार्ज गोबिन्द केकेको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा मालेका प्रदेश कमिटि सदस्य चन्द्रकान्त आचार्य, अखिल नेपाल प्रगतिशील महिला संघका अध्यक्ष निलम केसी, मालेका नेता केदार गिरी, पुष्पलाल स्मृती खेलकुद परिषदका शंकर पोख्रेल, अखिल भारत प्रबासी संघका बसन्त पाण्डे, अनेरास्वीयू ५ औं का घनश्याम मिश्रलगायतले मन्तब्य ब्यक्त गरेका थिए । माले दाङका सचिब नेत्र पाण्डेले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण माधब केसीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्