रिलिजको एक हप्ता अघि नै प्रिमियर सो आयोजना गरेर निकै राम्रो प्रतिक्रिया बटुल्न सफल भएको फिल्म पंचायत आजदेखि देशभर प्रर्दशन हुँदैछ ।
पिरियोडियक ड्रामा जनरको यो फिल्ममा २०३१ साल ताका नेपालमा हुने गरेका सामाजिक घटनालाई मुख्य कथा बनाईएको छ जसले दर्शकको ध्यान धेरै हदसम्म खिच्ने सम्भावना छ ।
लिड आर्टिष्ट नीता ढुंगाना र सरोज खनालको पावरफूल पर्फमेन्सले यो फिल्मलाई जीवन्त मात्र बनाएको छैन स्क्रिप्ट राईटर हुँदै फिल्म निर्देशनमा हात हालेका शिवमं अधिकारीले पनि आफ्नो स्क्रिप्ट अनुसार निर्देशकिय क्षमतालाई राम्रै पार लगाएका छन् ।
अर्थात उनले पात्रको लवज तथा अभिनय , स्क्रिप्टको फ्लो र लिंकअपमा राम्रो ध्यान दिदा एउटा हेर्न हुने फिल्म मार्केटमा पस्किएका छन् ।
सानो बजेटमा निर्मित यो फिल्मको क्यानभास र टेक्निकल पार्ट्समा केही कमजोरी देखिएका छन तर समग्र फिल्मले देखाएको होल्डिङ पावर यो फिल्मको सवै भन्दा अब्बल पक्ष बनिदिएको छ त्यसकारण एकै प्रकारका फिल्महरु रिलिज भईरहेका बेला आम दर्शकले भिन्न स्वादको मौलिक फिल्मको टेष्ट यो फिल्ममा पाउँनेछन् ।
फष्ट मेन्सुरेसन पश्चात एक युवतीको मनमा उत्पन्न हुने सेक्स साईकोलोजी र त्यसबाट उत्पन्न हुने परिस्थितिलाई कथानक शैलीमा पस्किएको यो फिल्मलाई नेपालका हाई भोल्ट पोलिटिसियन्सहरु प्रचण्ड, झलनाथ खनाल, जनार्दन शर्मा, मिनेन्द्र रिजाल, मात्रिका यादव, योगेश भट्टराई लगायतले हेरि सकेका छन् र उनीहरुले पनि फिल्मको प्रसंसा गरेका थिए ।
त्यसकारण हाम्रो प्रश्न के छ भने फिल्म राम्रो हुनु एउटा सकारात्मक पाटो भएपनि व्यापार कस्तो होला भन्ने प्रश्न उठेको छ यतिखेर । ६० लाख लागतमा निर्मित पंचायतले न्यूमिडिया राईटस् र केही ब्रान्डिङ मार्फत १५ लाख रकम उठाइसकेको छ भने बाँकीको ४५ लाख लगानी उठाउँन यो फिल्मलाई चुनौति छ ।
किन कि पछिल्लो हप्ता हेर्न लायक केही फिल्महरु रिलिज भईरहदा पनि व्यापार सोचे जस्तो भैरहेको छैन । त्यसैले यो फिल्मले पनि राम्रो प्रतिक्रिया पाइरहँदा ठूलो संख्यामा पंचायत हेर्न दर्शक आउँने हुन वा हैनन भन्ने कुराको डर र आशंका त्यतिकै देखिएको छ ।
बताईए अनुसार प्रिमियर सोमा फिल्मले राम्रो प्रतिक्रिया पाएका कारण वितरक कम्पनी एफ डिले मोफसलका ५० वटा हलमा यो फिल्म एक साथ रिलिज गर्दैछ भने राजधानीमा करिब १६ वटा हल पाउँने निश्चित भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।