बला’त्कारको कानुनी उपचार खोज्ने समय सीमा तोकिनु हुँदैन: डा. आरजु राणा



काठमाडौं, जेठ ६ गते । नेपाली काँग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले बला’त्कारसम्बन्धी कानुन संशोधन गर्न माग गरेकी छन्। डा. राणाले शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै बलात्कार सहेर बाँचेका महिलाले जीवनभर त्यसको चोट महसुस गर्नुपर्ने उल्लेख गरेकी हुन्। उनले बलात्कारको पीडाबारे बोल्ने र कानुनी उपचार खोज्ने समय सीमा तोकिन नहुने बताएकी छन्। एक किशोरीले आफू बला’त्कृत भएको आठ वर्षपछि घटना सार्वजनिक गरेपछि अहिले बलात्कारबारे कानुन संशोधन गर्नुपर्ने आवाज उठेकै बेला डा. राणाले पनि आफ्नो दृष्टिकोण सार्वजनिक गरेकी हुन्। संविधानसभा सदस्य डा. राणाले नेपालमा बलात्कार भएको एक वर्षभित्रै कानुनी उपचार खोज्नुपर्ने प्रावधान रहेको भएकाले त्यसलाई संशोधन गर्न माग गरिन्। बलात्कार सहेर बाँचेकाहरूलाई आफ्नो पीडाबारे सार्वजनिक रूपमा बोल्न समय लाग्ने बताउँदै उनले न्यायको लडाइँ सुरु गर्ने साहस जुटाउन धेरै वर्ष पनि लाग्ने उल्लेख गरेकी छन्। ‘अन्य राष्ट्रहरूले दशकौँपछि पनि बाल यौन दुराचारी र बलात्कारीहरूमाथि अभियोग लगाउन र कानुनी कठघरामा ल्याउन अनुमति दिने समय सीमा रहेका कानुनहरू परिवर्तन गरेका छन्,’ उनले भनेकी छन्, ‘अपराध सबै अपराधी नै हुन्, कुनै अपराधमा २० औँ बर्सपछि पनि अभियोग लगाउन सकिन्छ भने बलात्कारीलाई एक वर्षभित्र अभियोग लगाउनुपर्ने समय सीमा किन?’ काँग्रेस नेतृ देउवाले महिलालाई सुरक्षाको प्रत्याभूति दिन ढिलाइ गर्न नहुनेतर्फ संसद्को ध्यानाकर्षण गराएकी छन्।उनले सरकारलाई कानुन संशोधनको प्रक्रिया छिटो अगाडि बढाउन र सांसदलाई फाष्ट ट्रयाकबाट पारित आग्रह गरेकी छन्। ‘हालै एक जना बैनीले आफूमाथि भएको बलात्कारको पीडाबारे सार्वजनिक रूपमा बोल्ने हिम्मत गरिन् । म उनको साहसलाई कदर गर्छु । उनी र उनीजस्ता बालिका एवं महिलालाई बलात्कार र अन्य महिला हिंसाबाट बचाउन म नेपाल सरकार र विषेशगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई बलात्कारको कानुन संशोधनको लागि समिति गठन गरेर संशोधनको प्रक्रिया जतिसक्दो चाँडै अघि बढाउन र संसद्लाई उक्त कानुन फाष्टट्रयाकबाट पारित गर्न अनुरोध गर्दछु,’ उनले भनिन् । बलात्कार सम्बन्धी कानुन संशोधन गर्न संसद्लाई अनुरोध (प्रेस नोट) बलात्कार सहेर बाँचेका महिलाले जीवनभर त्यसको चोट महसुस गर्छन्। उनीहरूका लागि जिन्दगीको सबैभन्दा त्रासद क्षणमा पुगेर समयको घडी ठप्प रोकिएजस्तो हुन्छ । यसैले, बलात्कारको पीडाबारे बोल्ने र कानुनी उपचार खोज्ने कुनै समय सीमा हुनु हुँदैन। बलात्कार सहेर बाँचेकाहरूलाई आफ्नो पीडाबारे सार्वजनिक रूपमा बोल्न समय लाग्छ । न्यायको लडाइँ सुरु गर्ने साहस जुटाउन धेरै वर्ष पनि लाग्न सक्छ । अन्य राष्ट्रहरूले दशकौँपछि पनि बाल यौन दुराचारी र बलात्कारीहरूमाथि अभियोग लगाउन र कानुनी कठघरामा ल्याउन अनुमति दिने समय सीमा रहेका कानुनहरू परिवर्तन गरेका छन्। अपराध सबै अपराध नै हुन्, कुनै अपराधमा २० औँ बर्सपछि पनि अभियोग लगाउन सकिन्छ भने बलात्कारीलाई एक बर्सभित्र अभियोग लगाउनुपर्ने समय सीमा किन रु नेपालले पनि अब कानुन परिवर्तन गर्दै समय सीमा हटाई महिलालाई सुरक्षाको प्रत्याभूति दिन ढिला गर्नु हुँदैन । हालै एक जना बैनीले आफूमाथि भएको बलात्कारको पीडाबारे सार्वजनिक रूपमा बोल्ने हिम्मत गरिन् । म उनको साहसलाई कदर गर्छु । उनी र उनीजस्ता बालिका एवं महिलालाई बलात्कार र अन्य महिला हिंसाबाट बचाउन म नेपाल सरकार र विषेशगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई बलात्कारको कानुन संशोधनको लागि समिति गठन गरेर संशोधनको प्रक्रिया जतिसक्दो चाँडै अघि बढाउन र संसद्लाई उक्त कानुन फाष्टट्रयाकबाट पारित गर्न अनुरोध गर्दछु
डा. आरजु राणा देउवा केन्द्रीय सदस्य, नेपाली काँग्रेस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्