सैघाली खबर
काठमाडौं, २ चैत्र
प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज चुनाव हुँदैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेदेखि चुनावी प्रक्रिया सुरु हुने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जनाकारी दिनुभयो । उपसभामुखमा वाम गठबन्धन बाट एमाले नेता शिवमाया तुम्बाहाम्फे र कांग्रेसबाट पुष्पा भुसाल प्रतिस्पर्धामा हुनुहुन्छ ।
सभामुखमा उम्मेदवार नदिएको कांग्रेसले राष्ट्रपति र उपसभामुखमा भने उम्मेदवारी दिएको छ । यद्यपीवाम गठबन्धनको प्रष्ट बहुमतभएकाले उपसभामुखमा तुम्बाहाम्फे विजयी हुने निश्चित जस्तै छ । आजको संसद बैठकमा प्रधानमन्त्री केपीशर्मा ओलीले विशेष सम्बोधन गर्ने तयारी पनि भइरहेपनि उपसभामुखको निर्वाचनले प्रभावितभएको छ । सम्वोधन केही दिनमा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।