Banner Second

९७ हजार ५४८ मत गणना : बालेनलाई ३६ प्रतिशत मत, सिर्जना भन्दा स्थापित आगाडि

By Thaha - Online

May 21, 2022

काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी रहेको छ। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत गणना राजधानीको प्रदर्शनीमार्थस्थित राष्ट्रिय सभागृहमा जारी रहेको हो। शनिवार साँझ सवा ६ बजेसम्मको गणना अनुसार स्वतन्त्र तर्फका उम्मेदवार बालेन साहले अग्रता फराकिलो बनाउँदै लगेका छन्।

उनले ३५ हजार ७५१ मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १९ हजार ५ सय १५ मत पाएका छन्। गठबन्धनका तर्फबाट काँग्रेस उम्मेदवार सिर्जना सिंहले १९ हजार ४५८ मत पाएकी छन्।

बालेन र केशवबिच १६ हजार २३६ मतको अन्तर रहेको छ। बालेनले ३६ प्रतिशत मत पाउँदा स्थापितले २० प्रतिशत मत पाएका छन्। महानगरपालिकामा ९७ हजार ५४८ मत गणना भएको छ ।