बुटवल उपमहानगरमा प्रमुखमा कांग्रेसका पाण्डे, उपप्रमुखमा अर्याल



बुटवल । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।

बुटवलमा पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बन्नुभएका काँग्रेस बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डे विजयी हुनुभएको हो । मतगणना आज भर्खरै सकिए पनि एकीकृत गर्ने काम नसकिएकाले घोषणा गर्न अझै केही बेर लाग्ने प्रमुख निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिनुभयो ।

“गणना भएका सबै मतको एकीकृत गर्ने काम भइरहेको छ, अन्तिम आधिकारिक घोषणा गर्न अझै केही समय लाग्नेछ”, प्रमुख निर्वाचन अधिकृत पौडेलले भन्नुभयो ।

स्थानीय तहको पहिलो निर्वाचन २०७४ मा नेकपा ९एमाले०का तर्फबाट नगरप्रमुख निर्वाचित हुनुभएका निवर्तमान नगरप्रमुख शिवराज सुवेदीसँग करिब दुई हजार ३०० मतले पराजित हुनुभएका पाण्डेलाई अहिले एमालेकै उम्मेदवारलाई सात हजारभन्दा बढी मतान्तरले पराजित गरेर विजयी हुनुभएको छ ।

उपप्रमुखमा भने एमालेकी उम्मेदवार सावित्री अर्याल विजयी हुनुभएको छ । उहाँ गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार चीनबहादुर गुरुङलाई झन्डै सात हजारभन्दा बढी मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

बुटवलमा १९ वडा रहेकामा कांगे्रसले १२ वडामा जित हासिल गरेको छ । एमालेले पाँच वडामा जित हासिल गरेको छ भने एकीकृत समाजवादीले एक र एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्