यस्तो छ भरतपुर महानगरको पछिल्लो अपडेट



भरतपुर। भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले एमालेका विजय सुवेदीसँगको मतान्तर बढाएर ७ हजार ८५४ पुर्‍याएकी छन्।

अहिलेसम्म ९१ हजार ८२१ मतगणना हुँदा रेनुले ३६ हजार २७२ मत पाएकी छन्। एमालेका सुवेदीले २८ हजार ४१८ मत पाएका छन्। बागी उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ७० मत पाएका छन्।

उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ३८ हजार ३८५ मतसहित अग्रता लिएका छन्। राप्रपाकी हिमला गुरुङले २२ हजार ४२७ मत पाएकी छन्। अब ३५ हजार हाराहारी मतगणना हुन बाँकी छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्