सैघाली खबर
काठमाडौं, २ चैत्र
प्रधानमन्त्री केपीशर्मा ओलीले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । सरकार विस्तार हुँदा नेकपा एमाले नेकपामाओवादी केन्द्र र सङ्घीय समाजवादी फोरमबाट मन्त्री थपिनेछन् । राजपाभने तत्काल सरकारमा नजाने भएको छ । मन्त्री लालबाबु पंडितले आज बेलुका सम्ममा मन्त्रीहरु थपिने जानकारी दिनुभयो । मन्त्रि परिषद विस्तारका लागि बिहान प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्रनै दलएमाले, माओवादी केन्द्र र संघिय समाजवादीका नेतासँग छलफल गर्दैहुनुहुन्छ ।
आज हुने मन्त्रि परिषद् विस्तारमा प्रदीप ज्ञवाली, गोकुल बास्कोटा, प्रेम आलेमगर, रघुवीर महासेठ, रवीन्द्र अधिकारी, भानुभक्त ढकाल एमालेबाट मन्त्रीहुने सम्भावना रहेको एमाले नेताहरुले बताएका छन् । एमाले स्थायी कमिटीले आफ्नो पार्टीकातर्फबाट मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई दिएको छ ।
माओवादी केन्द्रले यसअघि नै मन्त्रीो टुङ्गो लगाएको छ । माओवादीमा जनार्दन शर्मा ‘प्रभाकर’, वर्षमानपुन, शक्तिबहादुर बस्नेत, बीना थापामगर, गिरिराजमणि पोखरेललाई मन्त्री बनाउने प्रस्ताव गइसकेको छ । मिाओवादीलाई भागबन्डामा सातवटा मन्त्रालय परेको छ । फोरम नेपाल पनि आज हुने मन्त्रिपरिषद् विस्तारमा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
तर, फोरमबाट मन्त्रीको सिफारिस भएर नआएको सचिवालयको भनाइ छ । आज प्रधानमन्त्री ओली, माओवादीअध्यक्ष प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव बीच वार्ता हुनेछ । फोरम नेपाल अध्यक्ष यादवकै नेतृत्वमा सरकारमा जाने तयारी गरिरहेको छ । मन्त्रालयको विषयमा अझै निर्णय भइनसके पनि अध्यक्ष यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र उपाध्यक्ष रेणु यादव मन्त्री बन्ने चर्चा छ । भागबन्डामा फोरमले दुईवटा मात्रै मन्त्रालयपाउने छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।