लायन्स क्लब अफ नवलपरासी दाउन्नेको शनिवार सम्पन्न १३ औँ वार्षिक साधारण सभा तथा नयाँ पदाधिकारी निर्वाचन कार्यक्रमबाट भीम प्रसाद सुवेदीको नेतृत्वमा लायन वर्ष २०२२/२३ का लागि नयाँ बोर्ड चयन भएको छ ।
समाज सेवालाई सर्वोपरि राखी समाजका आफू भन्दा कम भाग्यशाली व्यक्ति प्रति सेवा गर्ने मुख्य लक्ष्य सहित ” हामी सेवा गर्छौँ” भन्ने मूल मन्त्र लाई आत्मसात् गर्दै यस लायन्स क्लब अफ नवलपरासी दाउन्ने आज भन्दा १३ वर्ष अघि बर्दघाटमा सुरु भएको थियो । हरेक वर्ष नयाँ नेतृत्व चयनको अभ्यास रहेको यस क्लबमा यो वर्षको लागि नयाँ नेतृत्व चयन गरिएको हो ।
कार्यक्रमको पहिलो चरणमा वर्ष 2021/22 को साधारण सभा सम्पन्न भएको थियो भने दोस्रो चरणमा निर्वाचन भएको थियो ।
नयाँ कार्य समितिमा क्रमशः
अध्यक्ष : भीम प्रसाद सुबेदी “मनोज”
प्रथम उपाध्यक्ष : रमेश कुमार श्रेष्ठ
द्वितीय उपाध्यक्ष : गणेश प्रसाद घिमिरे
तृतीय उपाध्यक्ष : यज्ञ प्रसाद पौडेल
सचिव: सन्देश भण्डारी
सह सचिव : अर्जुन प्रसाद पौडेल
कोषाध्यक्ष : युब राज खत्री
सह कोषाध्यक्ष : विष्णु बहादुर बस्नेत
टेल ट्युस्टर: प्रेम पौडेल
मेम्बर्शिप चियर पर्सन : नारायण न्यौपाने
क्लब सर्भिस चियरपर्सन : डा• सञ्जीव पर्साइ
क्लब मार्केटिङ कम्युनिकेसन चियर पर्सन : कृष्ण पराजुलि
डाइरेक्टर हरु: छवि लाल ढकाल,मोहन भट्टराई , लक्ष्मण पाण्डे साथै अध्यक्ष सल्लाहकारमा द्वय प्रेम सुबेदी र कमल पौडेल मनोनीत हुनु भएको निर्वाचन अधिकृत सन्तोष जोशीले जानकारी गराउनु भएको छ ।
कार्यक्रम मा निर्वाचन अधिकृत पूर्व अध्यक्ष ला सन्तोष कुमार जोशी ज्यू रहनु भएको थियो भने दुई पूर्व अध्यक्ष हरू लायन लक्ष्मण भट्टराई र मनोज खनाल निर्वाचन समिति सदस्य रहनु भएको थियो । कार्यक्रममा अध्यक्ष तिलक राम खनालको अध्यक्षता तथा रमेश कुमार श्रेष्ठको संचालनमा एन्ड बि कटेज चिसापानीमा सम्पन्न भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।