विश्वका १५ देशमा फैलियो ‘मंकीपक्स’ भाइरस



पछिल्लो समयमा केही देशमा देखिएको मंकीपक्स सङ्क्रमण थप देशहरूमा पनि देखिएको छ । अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको हो । योसँगै मंकीपक्स सङ्क्रमण फैलिने देशको सङ्ख्या १५ पुगेको छ । 
देशबाहिरबाट आएका एक एक जनामा सङ्क्रमण देखिएको इजरायल र स्वीटजरल्यान्डले जनाएका छन् । इजरायलले अर्को शङ्कास्पद केसको अनुसन्धान गरिरहेको जनाएको छ । मंकीपक्स सजिलै मानिस बीच सर्दैन र रोग पनि हल्का हुन्छ । 
मध्ये तथा पश्चिमी अफ्रिकाका दुर्गम क्षेत्रमा यो भाइरस देखिएको छ । युरोप, अमेरिका, क्यानडा र अष्ट्रेलियामा हालैको प्रकोपमा ८० भन्दाबढी केसहरू पुष्टि भएका छन् । अन्य धेरै सन्दिग्ध केसहरूको अध्ययन भइरहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । 

प्रकोपले वैज्ञानिकहरूलाई आश्चर्यचकित बनाएको छ । तर, सर्वसाधारणमा भने यसको जोखिम कम भएको बताइन्छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार भाइरस सङ्क्रमित अधिकांश व्यक्तिहरू केही हप्ताभित्र निको हुन्छन् । 

यो सङ्क्रमण भएका व्यक्तिमा ज्वरो आउने, शरीरमा बिमिरा देखिने, शरीर दुख्ने , थकान महसुस हुने लक्षण देखिन्छ । मानिस तथा जनावर सङ्गको नजिकको सम्पर्कबाट रोग फैलिन्छ । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्