सिराहा लहान । सप्तरीको बलान बिहुल गाउँपालिकामा खेम चन्द्र यादव गापा अध्यक्षमा निर्वाचित भएका छ।सानै देखि राजनीतिमा होमिएका यादव गाउँपालिका अध्यक्ष बन्न पुगेका हुन्।
स्थानीय निर्वाचनमा भारी मतले निर्वाचित भएका छन्। निरन्तर समाज प्रति चिन्तित रहेका उनी भारी मतले जनताले उनलाई विजय गराएका छन्।राजनीतिको विभिन्न सीमाहरू पार गर्दै उनले जनमत पार्टीबाट उनले गाउँपालिका अध्यक्षका लागी उम्मेदवारी दर्ता गराएका थिए।
खेम चन्द्र यादवले बलान बिहुल गाउँपालिकामा जनमत पार्टीको सङ्गठन निकै बलियो बनाएका हुन्।युवाहरूको साथ सहयोग र भरोसाको नेता बनेका हुन्। यादव निरन्तर राजनीतिमा रहेका थिए। खेम चन्द्रको जित लगत्तै पालिकामा
विकासको लहर ल्याउने स्थानीयको जनविश्वास रहेका छन्।
नवनिर्वाचित अध्यक्ष खेम चन्द्र यादवले गाउँपालिकाको कार्यभार तथा जनप्रतिनिधिहरूलाई शपथ ग्रहण र प्रमाणपत्र वितरण गरेका छन्। अध्यक्ष यादवले पदभार ग्रहण गर्दै गाउँपालिकामा नयाँ पन ल्याउने उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।