नवलपरासीमा ट्रकसहित तस्करीको चिनी बरामद



नवलपरासी पश्चिम । भन्सार छलेर नेपाल भित्र्याइएको एक ट्रक चिनी बर्दघाट नगरपालिका वडा नं १३ धनेवाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली आइतबार राति पक्राउ गरेको छ ।

धनेवा स्थित एक गोदाम अगाडी चिनी लोड गरिरहेको लु १ ख ९७६२ नम्बरको ट्रकलाई शङ्कास्पद रूपमा चेकजाँचको क्रममा उक्त सवारी साधनको चालक संग बिल बिजक नभएको १०९ क्विन्टल चिनी सशस्त्र सुरक्षा वेश सेमरीका सशस्त्र प्रहरी निरीक्षक नरेश कुमार खडकाको नेतृत्व खटिएको टोली र नेपाल प्रहरी सहितको संयुक्त गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको ट्रक सहितको चिनी आवश्यक कार्यवाही तथा थप अनुसन्धानको लागी राजश्व एवं अनुसन्धान कार्यालय बुटवल पठाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासी पश्चिमका सूचना अधिकारी माधव रेग्मीले जानकारी दिए । उक्त चिनीको मूल्य ट्रक सहित १७ लाख ६३ हजारको रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

तस्करीमा लागेका गिरोहले अवैध रूपमा भारतदेखि तस्करी गरी ल्याएको चिनी धनेवा स्थित एक गोदाममा ल्याएर राखेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्