टप फिचर

कविता: भेरीको पानी

By Thaha - Online

May 24, 2022

आज जेठ १० गते मानव समाजकै दुखान्त,सोती बर्बरता र निर्दयी पापीहरूले घटाएको कालो दिन! हार्दिक श्रद्धाञ्जली ,हार्दिक श्रद्धा सुमम भाइहरू ❣️🌹

भेरीको पानी – नछुनु कसैले 

सानी भेरी र ठुली भेरीको कन्चन प्रेममा खलल पुग्ने गरी आज भन्दा ठिक दुई वर्ष पहिले केही थान निर्दयी दुष्ट हरुले प्रेमीहरूको प्रेम छिनेर मिसाइ दिएका हुन भेरीमा रगत त्यसैले भेरी तातो तातो हुन सक्छ भेरी आवेगमा हुन सक्छ यस कारण भेरीको पानी नछुनु कसैले।

मानिस ज्ञान र बुद्धिले ठुलो हुन्छ बन्ने श्लोक त बुझेनन् ती राक्षस हरू जगत प्रेममा बाचेको छ भन्ने बयान त झन् अस्वीकार्य गरे र जगतै स्तब्ध पारेर फक्री रहेका फुलहरू निमुठि बगाएका हुन आज भन्दा ठिक दुई वर्ष पहिले भेरीको पानीमा कलिला फुलहरू मलाइ लाग्छ फुलहरू आज पनि भेरीको गहिराइमा सडिरहे छन् भेरी दुर्गन्धित हुन सक्छ भेरी छेउछाउमा सौम्य वायु को सट्टा विषाक्त बतास चलेको हुन सक्छ त्यसैले नजानु भेरीको छेउछाउ प्रेमीहरू रमाउन यश बखत भेरी आक्रोशित हुन सक्छ भेरी आन्दोलित हुन सक्छ र प्रेमीहरूलाई प्रश्न सोध्न सक्छ प्रेम ठुलो कि जात?

आमा हरूको रित्तिएको काखको रिस छ भेरीमा बाबा हरूको आक्रोश को ज्वाला छ भेरीमा दिदिहरुले प्रत्येक तिहारमा बगाएको आँसु छ भेरीमा भाइहरू /दाइहरू छाती पिटी रहेका हुन्छन् बदलामा प्रत्येक वर्ष त्यसको कम्पन छ भेरीमा प्रेमी /प्रेमिकाको अङ्गालो छुटेको क्रोध छ भेरीमा मोर्चाहरू कसेर सड्क प्रत्येक वर्ष आगो बालिरहन्छ सड्कको मार्च पासको आवाज छ भेरीमा त्यसैले नजाउनु कोहि पनि भेरीको छेउछाउमा भेरी रिसालु बघिनी झै भएको छ नखानु कोहि भेरीको पानी भेरिले प्रश्न गर्न सक्छ जुठा मानिसहरू मिसिएको पानीमा जातको गन्ध आउँदैन?

ऐया /आत्थाको चीत्कार भेरीमा खुर्पा/भाला रोपिदा छातिमा छिर्किएका रगतका छिट्टै छिटा छन् सोतिका पाखा/पखेरा र खोल्साहरुमा नदि आसपासका ढुङ्गा हरू राताम्य छन् प्यासी प्रेमी,प्यासी प्रेमिका सग्ग अङ्गालोमा बेरिन नपाउदै छेकबार गरिएका डरलाग्दा चित्रहरु र एक प्यासी प्रेमी लाई साथ दिदा गिरिएका उसका सङ्गिका शिरहरु छन् जात ब्यवस्थाको घिन लाग्दो उचनिचको आभास छ र भेरी ठिक दुई वर्ष देखि आन्दोलनमा छ क्रोध ले बहाब बढेको छ त्यसैले नजानु बादीदाइ अबदेखि माछ मार्न भेरीमा नखेल्नु जाल नलाउनु लामा लामा सराल नडास्नु ठुला ठुला ढर्य न थाप्नु तिखा तिखा बल्छि नबराजले प्रेम खोजिरहेको यश बखत जालमा माछाको सट्टा नबराज बिकको शिर आउन सक्छ सरालमा माछाको सट्टा सन्जु बिकको जिउ आउन सक्छ बल्छिले गोबिन सक्छन् गणेश बुढा सरालमा माछाको सट्टा अल्झिन सक्छन् लोकेन्द्र सुनार ढर्यमा अट्किन सक्छन् टिकाराम सुनार र गोविन्द शाहीहरू त्यस कारण माछा मार्न छोडिदेऊ बादी दाइ जबसम्म नवराजहरूले न्याय पाउँदैन जबसम्म यो समाजमा जात व्यवस्थाको अत्य हुदैन जब सम्म हाम्रो आन्दोलन ले न्याय पाउँदैन जब सम्म ती निर्दयी दुष्ट हरू कठघरामा बाधिदैनन

त्यसैले नछुनु कसैले भेरीको पानी भेरीमा पानी भन्दा धेरै रगत छ भेरी तातो तातो भएको छ भेरी आन्दोलनमा छ!! २०७९/२/१०

…🖊️-हिरा सुनार (सारथि)