कृष्णनगर नगर प्रमुख शाहले गराए निर्वाचित जनप्रतिनिधि लाई शपथ



कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले निर्वाचित जनप्रतिनिधि लाई आज एक कार्यक्रमका बिच शपथ ग्रहण गराएका छन्।
कृष्णनगर नगरपालिका भित्रका नव निर्वाचित उप प्रमुख, वडाध्यक्ष, वडा सदस्य लगायत लाई नगर प्रमुख शाहले पद तथा गोपनीयता को शपथ दिलाएका छन् ।

कृष्णनगर नगरपालिका नगर प्रमुख पदमा दोस्रो पटक विजयी भएका नगर प्रमुख शाहलाई कपिलवस्तु जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश तेजेन्द्र प्रसाद शर्माले शुक्रवार शपथ ग्रहण गराएका थिए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को  दफा १०९ (२) अनुसार प्रमुखले उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरूलाई सात दिनभित्र शपथ गराउनु पर्ने व्यवस्था रहेको अनुसार शपथ लिनु भएका शाहले  नगरपालिका उपप्रमुख, वडाध्यक्ष र सदस्यहरूलाई शपथ गराएका छन् ।

कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल, लेखा प्रमुख दान बहादुर खनाल, शिक्षा शाखा का बलराम पन्थी, योजना शाखा प्रमुख साकिर अहमद शाह, राजेश मिश्र, थुमा देवी उपाध्याय, प्रदिप चौधरी, सुदिप मौर्य, नागेश्वर मिश्र कर्मचारी हरू लगायत अन्यको उपस्थित रहेको थियोl कार्यक्रम सञ्चालन ईश्वरी प्रसाद पौडेलले गर्नुभयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्